२०७७ फाल्गुन २३ गते आइतवार

ग्वारखोलामा बस दूर्घटना १९ यात्रु घाइते

तस्विर बर्षात भण्डारी ।

तुलसीपुर, पुस २० । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बस दूर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

उनले सबैको उद्धार भइसकेको र घाइतेलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याएका बताए । तीन जनालाई अलि बढी चोट लागेको र अन्यलाई हात खुट्टामा चोट लागेको उनले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार बिहान पौने १० बजेतिर तुलसीपुरबाट घोराहीका लागि छुटेको ना.६ ख १८१४ नम्बरको बस ग्वारखोलाको पुलनजिकै उकालोमा दूर्घटना भएको थियो । दूर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *