२०८२ असार २४ गते बुधवार

गणतन्त्र दैनिकको वार्षिकत्सवका अवसरमा फलफूल वितरण

तुलसीपुर,पुस १६ । दाङको घोराहीबाट प्रकाशित हुदै आएको  गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

बिहिवार राप्ती प्रोदेशिक अस्पताल तुलसीपुरमा एक कार्यक्रमका बिच २० जना बढी बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

गणतन्त्र राष्ट्रिय दैनिक तुलसीपुर शाखा प्रमुख यमकला भुसालको अध्यक्षता एवं अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.बिनोद सिहंको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सिहंले समाज रुपान्तरणमा गणतन्त्र पत्रिकाले विगत १४ वर्ष देखि अतुलनीय भुमिका निर्वाह गर्दै आइरहेको बताउँदै आगामी दिन पनि यसको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि सुरेश श्रेष्ठले पत्रिका बजारमुखी भन्दा अब ग्रामिणमुखी हुन जरुरी रहेको बताए । उनले सञ्चारकर्मीहरुले गाउँबस्तीमा हुने कृर्षीउपज देखि हरेक क्रियाकलापहरुको रिपोटिङ् गर्न सके अझ प्रभावकारी हुनेमा जोड दिएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासघं दाङका सह–सचिव सर्मिला डिसी,प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्राई,रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल,सम्पादक जितसागर जिएम,सञ्चारकर्मी दिपा जिएम,दिपा राना लगाएतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार चेतन रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *