तुलसीपुर,पुस १२ । तुलसीपुर नगर जेसिजको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । शनिवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त भवनको उद्धघाटन गरेका हुन् । कार्यक्रमलाई सम्बाधेन गर्दै प्रमुख अतिथि पाण्डेले बिगतका दिनमा झोलाबाट सञ्चालन भैरहेको तुलसीपुर नगर जेसिज अब इतिहास नभई भविष्य हुने बताए ।
उनले जेसिजले गरेका हरेक क्रियाकलापको प्रसंसा गर्दै आफ्नो साथ र सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले तुलसीपुर उपमहानगरपालिकालाई समृद्ध र नमुना बनाउन उपमहानगरपालिका भित्र रहेका सबै संघ सस्थाहरु समृद्ध र असल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विशिष्ट अतिथि नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी लालमणी भण्डारीले समाजलाई समृद्ध बनाउन युवाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै सबै समृद्ध नेपाल निमार्णका लागी युवाशक्ती एक भएर अगाडी बढन जरुरी रहेको बताए ।
कार्यक्रममा नवनिर्मित भवन निमार्ण समितिका कोषाध्यक्ष एवं जेसिजका पुर्व अध्यक्ष जेसी सुर्यप्रसाद शर्माले करिब २५ लाख बराबरको भवन निमार्णको आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो भने भवन निमार्ण समितिका अध्यक्ष एवं जेसिजका पुर्व अध्यक्ष जेसी झरेन्द्र खरेलले भवन निमार्ण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तुलसीपुर नगर जेसिज वर्ष २०२० का अध्यक्ष जेसी मोहन सुनारको अध्यक्षतामा भएको भवन उद्धटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका उद्योग उपाध्यक्ष ललितजगं शाह,गोर्खा मा.वि तुलसीपुरका प्रध्यानाध्यापक बिजय जिएम,अन्तर पार्टी महिला सञ्जाल तुलसीपुरका अध्यक्ष यमुना शाह लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा भवन निमार्णनार्थ सहयोग गर्ने विभिन्न व्यक्तीहरुलाई सम्मान पत्र,मायाको चियो प्रदान गरिएको थियो ।
भवन उद्धघाटन कार्यक्रमका संयोजक जेसी नेत्रलाल भटई (नारायण) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वर्ष २०२० का कार्यकारी उपाध्यक्ष जेसी पुर्ण विक्रम डाँगीले जेसिज आस्थापाठ गराएका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२० का महासचिव जेसी केशवराज केसीले गरेका हुन् ।