तुलसीपुर, पुस ११ । सायद भनिरहनु पर्दैन । हिन्दुधर्मालम्बीहरु आफन्तको मृत्यु पछि मात्रै नुन खाँदैनन् । आफन्त मर्दा १३ दिनसम्म नुन छोड्छन् । शोक मनाउन त्यसो गरिन्छ । यो परम्परा कहिलेदेखि चलेको हो, एकिनका साथ भन्न सक्ने अवस्था छैन ।
नेपालमा विभिन्न जात जातिले आ–आफ्नो प्रचलन अनुसार आफन्त मर्दा माछा, मासु, नुन, तेल, बेसार आदि छोड्ने प्रचलन रही आएको छ । कसैले ५, कसैले ७ दिन, कसैले १३, दिन कसैले १ सय १३ दिन र कसैले १३ बर्षसम्म माछा, मासु बार्छन । बर्षदिन सम्म बरखी बार्छन । तर, घोराही उपमहानगरपालिका वडा नं. ११ बाँसजगेरी निवासी ४५ बर्षीय ठाकुर रोकाले बिगत २५ बर्षदेखि नुन र बेसार खाएका छैनन् ।
राजनीति शास्त्रमा एमए गरेका ठाकुरले कसैको करकापले नुन र बेसार खान छोडेका भने होइनन् । उनले आफुखुसी नुन र बेसार खान छोडेको बताए । २०५२ सालदेखि नै ठाकुरले ती बस्तु खान छोडेको जनकारी दिए । नुन र बेसार किन खान छोडेको ? भन्ने प्रश्न गर्दा –उनले भने ‘मलाई जीवन अलि प्यारो लाग्छ र थप केही बर्ष बाँच्ने चाहाना छ ।’
पूर्व खेलाडी समेत रहेका रोकाले – नुनले शरिर अलि गलाउने र स्टामिना कम गर्ने धारणा राखे । त्यस्तै उनले बेसार नखाएपछि थोरै भएपनि आयू बढ्छ भन्ने कुरा आफुले अध्यनहरुवाट थाहाँ पाएपछि त्यो पनि छोडेको तर्क गरे ।नुन र बेसार मात्रै हैन ठाकुरले माछा मासुपनि खाँदैनन् । उनी सानैदेखि साकाहारी हुन ।उनकी आमापनि शाकाहारी नै रहेको हुँदा उनले पनि माछा÷मासु कहिलै नखाएको जानकारी दिए । उनलाई ती बस्तु खान पटक्कै मन पर्दैन रे ।
‘मेरी आमापनि शाकाहारी र मपनि शाकाहारी,’ ठाकुरले भने ‘हात्तीले के माछा–मासु खान्छ र? माछा÷मासु नखाए शरिर कमजोर हुन्छ भन्ने चिन्तन गलत हो।’ मिलाएर खान जान्ने हो भने माछा÷मासुवाट पशरिरलाई आवश्यक खनिज पदार्थ फलफूलवाट पनि प्राप्त गर्न सकिन्छ ।
उनले हालसम्म आफुले माछा, मासु, नुनु र बेसार नखाएपनि कुनै खालको कमजोरी महसुश नगरेको तथा कुनै खालको रोगव्याधी नरहेको बमेत बताए । २५ बर्ष अगाडि इण्डिया भ्रमणका क्रममा नुन खाँदा हुने बेफाईदाका बारेमा एउटा लेख पढेपछि नुन खान छोडेको ठाकुरले बताए ।
अब त उनी आफु बानि नै परि सकेको र ती बस्तु खान मन नलाग्ने भइसकेको बताउँछन् । छा,मासुबाट प्राप्त हुने आद्य पदार्थ आफुले दूध, दही जस्ता परिकारबाट प्राप्त गर्ने बताए । नुन, बेसार र माछा, मासु नखाने भएपछि सबै भन्दा बढी समस्या पाहुना पर्न जाँदा खेरी हुन्छ । त्यो कुरा ठाकुरले पनि स्वीकार गरे ।
ठाकुरले भने –‘त्यस्तो बेला कि म फलफूल आफै लगेर पाहुना पर्न जान्छु ,कि भने रोटीसंग दूध, दही आएर बस्छु।’ कुनै ठाउँमा पाहुना पर्न जानु भन्दा पहिले नै आफुले नखाने कुराहरुबारे जानकारी दिने गरेको उनले बताए ।
होटेलहरुमा जाँदा आफै फलफूल लैजाने तथा रोटी, दूध, दहीको अडर पहिले नै गर्ने गरेको ठाकुरले जानकारी दिए ।