२०८१ भाद्र २८ गते शुक्रवार

कपुरकोटमा खाने पानीको अवस्था बारे अनुगमन


सल्यान,पुस ६ । सल्यानको कपुरकोटमा खाने पानीको अवस्थाको बारे अनुगमन गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सोमबार सेवा प्रदायक निकाय तथा सेवाग्राहीको तर्फवाट सामुदायिक अंकपत्र मार्फत अनुगमन तथा मुल्याङकन गरिएको हो ।

त्यसक्रममा खानेपानीको पर्याप्तता, पहुँच, सुरक्षित खाने पानी तथा पानी उपभोग गर्दा हुन सक्ने विभेदका बारेमा स्थानीय तहका कर्मचारी र उपभोक्ताले मुल्यांकन गरेको दलित विकास समाज सल्यानका सामुदायिक सहजकर्ता विष्णु प्रसाद आचार्यले बताए ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले खानेपानीको ब्यवस्थापन लगायत विभिन्न क्षेत्रमा समस्या देखिएमा सुधार गर्ने प्रतिवद्धता जनाए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नागरिक सचेत बने सेवा प्रदायक संस्था प्रभावकारी बन्ने तर्क गरिन ।

कार्यक्रममा गाउँपालिकाका रोजगार संयोजक विपना बुढा मगर, खाने पानी उपभोक्ताको तर्फबाट तिलसरी वोहोराले यस्ता सचेतनाका कार्यक्रम नियमित हुनुपर्ने बताए ।

दलित विकास समाजद्वारा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक पनि सोमबार नै भएको छ । कार्यक्रम अन्तर्गत सन २०२० मा संचालन गरेका गतिविधिहरुको समिक्षा भएको थियो ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *