२०८२ असार २७ गते शनिवार

झुलेङ्गेपुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा …

दाङ, पुस ४ । बबई नदीको झुलुङ्गे पुलमा झुण्डिए टिकटक बनाउन खोज्दा त्यहाबाट खसेर तुलसीपुरका एक युवक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ  गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका छन् ।

घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको  प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले  शनिवार दिउँसो सवा २ बजेतिर टिकटक बनाउन भन्दै पुलमा झुण्डिएका थापा लडेर गम्भीर घाइते भएपछि संगै गएका उनका साथीहरुले नै उद्धार गरि अस्पताल ल्याएको जानकारी दिए । 

तुलसीपुरमा उपचार संभव नभएपछि शनिवार बेलुका सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको थियो । 

शनिवार रमाईलो गर्ने भन्दै २५÷२६ जना साथीहरु मिलेर पर्यटकीय स्थल पुरन्धारा झरनामा पिकनिक खान गएको समयमा थापा टिकटक बनाउन भन्दै बबई नदीमा निर्मित झुलुङ्गे पुलको सपोट तारमा झुण्डिएको सयममा त्यहीबाट खसेका थिए । थापालाई टाउको,अनुहार, छाति लगाएतमा चोट लागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *