२०८१ असोज ३ गते बिहिवार

राप्तीमा २० दिने ढकिया बनाउने तालिम सुरु


मसुरिया, पुस १ । राप्ती गाउँपालिका वडा नं ६ का २५ महिलालाई परम्परागत सीप हस्तान्तरणका लागि ढकीया बनाउने तालिम सुरु भएको छ ।आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईया, ढकीया, डेलवा, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामाग्रीको संरक्षणका लागि ढकीया बुनाई तालिम सुरु भएको वडा नं ६ का वडा अध्यक्ष बेदप्रसाद चौधरीले जानकारी दिए ।

राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्षमा सीप मुलक तालिम अन्तरगत सगरापुर, बगरापुर, भगवानपुर, मझेरीयाँ र पत्थरगढवा गाउँका करिव ५० जना महिलाहरुलाई सीप प्रदान गर्ने योजना अनुसार प्रथम चरणमा २५ जनालाई तालिम सुरु गरिएको वडाध्यक्ष चौधरीले बताए ।

तालिम आगामी २० दिनसम्म चल्ने छ ।बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तालिमको उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *