दाङ, पुस १ । डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको बाटोमै मृत्यु भएको छ ।
रुकुमवाट दाङको तुलसीपुर आउँदै गर्दा साहको सोमबार बेलुकी बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुृरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
जनकपुर निवासी ५२ बर्षीय साह मंसिर २१ गते मात्रै सरुवा भएर रुकुम पूर्वमा हाजिर भएका थिए ।
प्रेसरका विरामी साहलाई रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी आउन सुरु भएको थियो । तर, उनी चिसोका कारण भएको हुन सक्ने ठानेर तातो पानी खाएर बसे । एक÷दूई दिन अगाडि ज्वरो अलि बढेपछि उनी उपचारका लागि रुकुम पुर्वका मेडिकलमा पुगेको सञ्चो नभएपछि उपचारका लागि दाङ तर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको इप्रका प्रमुख सिंहले जानकारी दिए ।
सहायक वन अधिकृत साहको मृत्यु मंसिर २९ गते बेलुका साढे ६ बजेतिर भएपनि परिवारका सदस्य जनकपुरवाट गएराति १२ तिर मात्रै आइपुगेको डिएसपी सिंहले बताए ।