२०८२ असार ३० गते मङ्गलवार

मुख्यमन्त्री पोखरेलले राईखलियान–टिकरी जोडने पातुखोलामा पुल सिलन्यास गरे

                                                                                       तस्विर : राजेश खत्री

तुलसीपुर,मंसिर २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशमा बिकासका कामले गति लिन थालेको बताएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १० राईखल्यान र तुलसीपुर उपमहागनरपालिका वडा नं ८ को टिकरी जोड्नका लागि पातुखोलामा निर्माण हुन थालेको पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले त्यस्तो बताएका हुन ।पातुखोलामा निर्माण हुन लागेको पुल दुईलेन रहेको भन्दै उनले पुल बनिसकेपछि सवारी साधन आवत जावतमा सहज हुने बताए ।

तुलसीपुरको ग्वारखोलामा ३ वटा पुल निमार्ण भैसकेका छन,चौथो पुल निमार्ण हुने प्रक्रियामा छ,मुख्यमन्त्री पोख्रेलले भने,–तर पातुखोलामा एउटा मात्र पुल हुदाँ आवात जावतमा समस्या बनेको छ,राजमार्गको हिसावले हेर्दा त्यो पुल उपयुक्त होइन । फराकिलो पुलको आवश्यकता थियो त्यो अब पुरा हुदै छ ।उनले पुल बनेसगै तुलसीपुरको बस्ति विकास सगंसगै पुलहरुको आवश्यकता बढ्ने बताए । उनले घोराही देखि आँखा अस्पताल हुँदै–पुरन्धारा बैकल्पिक सडक निर्माणको काम समेत अघि बढेको बताए ।

                                                                                                                               तस्विर : राजेश खत्री

त्यस्तै उनले संघीय सरकारको अनुदानमा पातुखोलामा रहेको अटोभिलेज जोड्ने पुल पनि निर्माण हुने गरि बजेट आएको बताए ।उनका अनुसार यो सगै पातुखोलामा पनि चारवटा पुल हुने छन । यसले पश्चिम दाङको विकासमा थप मद्धत पुग्ने अपेक्षा गरिएको पोख्रेलले बताए ।

फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले भने,–देउखुरीमा राजधानी आइसके पछि पश्चिम दाङ पछाडी पर्छ की ? भन्ने चिन्ता गरि राख्नु पर्दैन ।पश्चिम दाङको सबैभन्दा विकट क्षेत्र भनेको गंगटे भएको भन्दै पोख्रेलले त्यहाँ पनि सडक निर्माणका लागि टेण्डर भइसकेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल ओलीले पातुखोलामा दुइलेनकोे पुल निमार्ण भएसगै पश्चिम दाङको विकासमा ठूलो टेवा पुग्ने बताइन । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले विकास निर्माणको हरेक काममा नेपाली कांग्रेस साथमा रहेको बताए ।


साथै सो अवसरमा पुल निर्माण कम्पनीका प्रमुख इश्वर पुनका अनुसार ८ करोड ३१ लाख ६४ हजार दुईसय २५ लागतमा बन्न लागेको पुलको लम्बाई ७० मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुल २४ महिना भित्र सक्ने सम्झौता भएको छ । पुल निमार्णको जिम्मा हिराचन÷जलजला÷जयमा स्वर्गद्धारी र जेभी कम्पनी दाङले लिएका छन ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *