२०८१ भाद्र २३ गते आइतवार

कपुरकोटका ८ जना स्वयमसेवीका पुरस्कृत


सल्यान, मंसिर २० । कपुरकोट गाउँपालिकाले उत्कृष्ट कार्य गरेका आठ स्वयमसेवीकालाई पुरस्कृत गरेको छ । १७औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा शनिबार उनीहरुलाई पुरस्कृत गरिएको हो ।

गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीहरुमा छुट्टा÷ छुट्टै कार्यक्रमको आयोजना गरी महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुलाई जनही दुई हजार रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रबाट प्रदान गरिएको छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका स्वयमसेवीकाहरुलाई सम्मान संगै पुरस्कार प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *