२०८१ भाद्र २३ गते आइतवार

सिडियो र एसपीले सडकमा सवारी चेकजाँच थालेपछि …


तुलसीपुर, मंसिर १९ । शुक्रवार बेलुकी पख तुलसीपुरको बीरेन्द्र चोकको दृष्य देखियो । बाक्लो संख्यामा प्रहरी परिचालित थिए । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द आफैं सडकमा खटिएका थिए । उनीहरुपनि सवारी रोकेर सोधपुछ गरिरहेका थिए । यसअघि यस्तो दृष्य कहिलै जिल्लामा देखिएको थिएन । आँफै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सवारी चेकजाँचमा खटेको ।

तुलसीपुर –घोराहीदेखि २४ किलोमिटर टाढा पश्चिममा पर्छ । त्यस्तो के प¥यो होला ? किन यसरी प्रजिअ र एसपी आफै सवारी चेक जाँचमा खटेका होलान ? आम सर्वसाधारणको मनमा यस्तै प्रश्न थिए । तर, फरककोणले सरोकारवालाहरुलाई बुझेपछि बल्ल थाहाँ भयो, त्यो चेकजाँच दूई उदेश्यले गरिएको रहेछ । एउटा अझैं कोभिड १९ को जोखिम कायमै छ, त्यसैले मास्क लगाएर मात्रै हिड्नु पर्छ भनेर र अर्कौ बढ्दो सवारी दूर्घटना न्यूनिकरण गर्न सबैले अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्नु पर्छ भन्ने थियो ।

प्रअिज आचार्यलेपनि नागरिक चेतनाको लागि जिल्लाको हरेक प्रमुख शहर बजारमा छड्के सवारी चेकजाँचको अभियान थालिएको बताए । ‘कोभिड–१९ को जोखिम कायमै रहेपनि लापरबाही झनैं बढ्दो छ,’ उनले भने– ‘ लाखौंको सवारी साधन चड्ने र पढेलेखेका मानिसहरु नै १०÷२० रुपैंया पर्ने मास्क किनेर लाउँदैनन् ।’ त्यसवाट सर्वसाधारणलाई सचेत तुल्याउनका लागि अभियान सञ्चालन गरिएको उनले बताए ।

उनीहरु जस्तालाई कारवाही स्वरुप दश वटा मास्क किन्न लगाउने र त्यसमध्यबाट दूईवटा उनीहरुले नै तत्कालै कमजोर तथा गरिव आयआर्जन भएका व्यक्तिलाई निशुल्क बाँड्ने नियम बनाइएको प्रजिअ आचार्यले जानकारी दिए । बाँकी आठवटा मास्कहरु पनि त्यस्तै व्यक्तिहरु हेरेर निशुल्क प्रहरीले वितरण गर्ने गरेको उनले बताए । त्यस बाहेक अटेरी गरि मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई एक सय रुपैंया आर्थिक जरिवाना गर्ने गरेको प्रअजि आचार्यले जानकारी दिए ।

यति लामो समय व्यथित भइसक्दापनि के प्रहरीले मास्क लगाउ भनेर किसाउनु पर्छ ? यो प्रश्न गर्दा – जिल्ला प्रहरी प्रमुख एसपी चन्दले पढे लेखेकै कतिपय मानिसले लापरवाही गर्दै मास्क नलगाउने गरेको तथा कोरोना भाइरस केहीपनि हैन भन्ने जस्ता कुरा गर्ने गरेको हुँदा त्यस्तालाई कारवाही गर्नका लागि अभियान चलाइएको बताए ।

त्यस्तै एसपी चन्दले पछिल्लो समय व्यापक रुपमा ट्राफिक नियम उलंघनका घटना बढेको गुनासो आएको र दूर्घटनाको संख्यापनि बढेको हुँदा सवारी चेकजाँच गरिएको बताए । प्रहरी प्रमुख आँफै फिल्डमा खटेर काम गरेपछि मातहतका कर्मचारीको मनोवल बढ्ने उनले विश्वास व्यक्त गरे । एसपी चन्दले आगामी दिनमा पनि हरेक हप्तामा एक दिन र त्यो संभव नभए दश दिनमा जिल्लाका मुख्य सहर बजारहरुमा अनिवार्य रुपमा यस्ता चेकजाँचहरु गरिने जानकारी दिए ।

प्रशासन प्रमुख र प्रहरी अधिकारीले आफै खटेर सवारी चेकजाँच गरेको देखेका तुलसीपुर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष सिताराम शर्माले प्रहरी प्रशासनले थालेको कार्यको प्रसंशा गरे । ‘यस्ता छड्के चेकजाँचहरु पूर्व सूचना बिनानै समय ÷ सयममा ठाउँ ठाउँमा हुनुपर्छ,’ उनले भने ‘ ‘लापरवाही बढेको सत्य हो । यस्ता चेकजाँचले जनतालाई सच्याउन मद्दत गर्छ ।’

तर, सवारी नियम पालना नगरेका तथा मास्क नलगाएर सवारी चलाएपछि कारवाही भोगेका कतिपय सर्वसाधारणले भने प्रहरीले एकाएक सडकमा दादागिरी सैलीमा प्रस्तुत भएको भन्दै विरोध जनाएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *