२०८२ साउन १ गते बिहिवार

आलुको बोरोमा लुकाएको ६ केजी चरेशसहित एक जना पक्राउ


तुलसीपुर, मंसिर १८ । रोल्पामा आलुको बोरोमा लुकाएको ६ केजी चरेशसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुुनछहरी गाउँपालिका वडा नं. ६ रोल्बाङ निवसाी ४५ बर्षीय जुनिलाल बुढा मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुलिचौरवाट प्रहरी सहायक निरिक्षक लक्ष्मण तङनामीको कमाण्डमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको थियो । मगरले आलुको बोरो भित्र लुकाएर चरेश लैजान लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको थियो ।

प्रहरीले मगर सवार रा १ ह ५११५ नम्वरको अटो रिक्सा र त्यसका चालकलाई पनि नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *