२०७७ माघ १४ गते बुधवार

पत्रकार रजौरेलाई पति शोक


तुलसीपुर,मंसिर १७ । राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरेलाई पति शोक परेको छ । रजौरेका श्रीमान ५१ बर्षीय हरिप्रसाद अधिकारको उपचारको क्रममा मंगलबार बेलुका असमायिक निधन भएको छ ।

उपचारका लागि बाँके लगेर घर तर्फ ल्याउने क्रममा अधिकारीको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । गत जेठ महिनादेखि अधिकारीलाई एकाएक बोनम्यारोको समस्या बल्झिएपछि उपचार गराई रहेका थिए । उपचारका लागि उनलाई नेपाल तथा भारतका विभिन्न अस्सपालहरु लगिएको थियो । पछिल्लो समय उनलाई मृगौलामा समेत समस्या उत्पन्न भएको थियो ।

अधिकारीको अन्तिम संस्कार बुधवार विहान ११ बजेतिर बबई नदीस्थित सितलपुर घाटमा हुने पारिवारीक स्रोतले जानकारी दिएको छ । दूई दिन अगाडि मात्रै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुवेदी, उपाध्यक्ष नारायण खड्का, लगाएका पत्रकारहरु घरमै गएर अधिकारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *