तुलसीपुर, मंसिर १४ । कोरोना विशेष अस्पताल बेलुझुण्डीमा घोराहीकी एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० निवासी ६९ बर्षीया ती महिलाको आइतवार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिएका छन् ।
ती महिलाको मंसिर ४ गतेदेखि आइसियूमा भर्ना गरि उपचार भइरहेको थियो । उनी दमको विरामी थिइन । त्यसमा निमोनिया पनि भएपछि उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिएका छन् । यो संगै बेलझुण्डी अस्पतालमा हालसम्म ४ जना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार आइतवार सम्म दाङका ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार