२०८३ असार ६ गते शनिवार

कुमलगैरीमा बसले मोटरसाईकल ठक्कर दियो, दूई जना घाइते

तुलसीपुर, मंसिर १३ । बसले मोटरसाईकललाई ठक्कर दिदा दूई जना घाइते भएका छन् । रोल्पाको  त्रिवेणी गाउँपालिका वडा नं. ९ निवासी २३ बर्षीय किरण पुन गम्भीर घाइते भएका छन् ।

 राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि पौने १ बजेतिर उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ । 

त्यस्तै मोटरसाईकलको पछाडि सवार सल्यान शारदा नगरपालिका वडा नं. ९ निवासी २१ बर्षीय लक्ष्मण बोहोरा घाइते भएका छन् । उनको अवस्था सामान्ने रहेको र तुलसीपुरमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगैरीमा शनिवार विहान साढे ११ बजेतिर तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २११० नम्वरको बसले पश्चिम तर्फ जाँदै गरेको लु ४१ प २०१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दूर्घटना भएको प्रहरीले जनाएको छ । 

बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । बस भने प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *