२०८३ असार ६ गते शनिवार

दाङ घर भएका सईको कोरोनाका कारण मृत्यु


दाङ,मंसिर ११ । दाङ घर भएका एक जना प्रहरी नायव निरिक्षकको कोरोना भाइरस संक्रमनका कारण मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ बर्षीय यज्ञमणि बैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित  भेरी  अस्पतालमा बिहीवार मृत्यु भएको छ । 

विरामी भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए । सई बैदिकलाई आशंका लागेर पिसिआर परीक्षण गर्दा मंसिर ३ गते कोरोना संक्रमन पुष्टि भएको थियो । सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए ।  

स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

गम्भीर प्रकृतिको निमुनियाका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *