२०८० चैत्र १६ गते शुक्रवार

सिकार खेल्न संगै गएका साथीले नै पौडेललाई गोली हानेका रहेछन् – डिएसपी सिंह

तुलसीपुर, मंसिर ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटीका ४५ बर्षीय खुसलराम पौडेललाई उनकै साथीले गोली हानेको खुल्न आएको छ । उनी गाउँकै साथीहरु संग सिकार खेल्न भनेर जंगलमा गएको र त्यही क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरी अधिकारीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहका अनुसार संगै सिकार खेल्न गएका व्यक्तिले नै पौडेलाई गोलि हानेको खुल्न आएको जानकारी दिए ।

पौडेलसंगै सिकार खेल्न गएका अन्य सबै फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी सिंहले बताए । यसैबीच प्रहरीले घटना बुधवार दिउँसो घटेको जस्तो अनुसन्धानवाट देखिन आएको पनि बताएको छ । ‘ जनावर ठानेर पौडेलाई साथीले नै गोली हानेकी भन्ने अनुमान भइरहेको छ,’ उनले भने ‘ गोली लागि सकेपछि उनीहरुले घाइतेलाई उद्धार गरेर राजमार्ग सम्म ल्याएको हुन सक्ने अनुमान भइरहेको छ ।’ उनीहरुले प्रहरीलाई खवर नगरेपनि गाउँ घरमा र उनका परिवारका सदस्यलाई खवर गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

घाइते पौडेलका छोरा एम्बुलेन्स चालक रहेको र उनलाई खवर भएपछि छोराले नै घाइते बुवालाई एम्बुलेन्सवाट नेपालगञ्ज पु¥याएको प्रहरीले बताएको छ । यसअघि प्रहरीले पौडेल पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ च्याउ खोलामा बुधवार राति साढे ९ बजेको समयमा फेला परेको जानकारी दिएको थियो । उनका ढाडमा ३ र तिघ्रामा २ गोली लागेको प्रहरीले बताएको छ ।

घाइतेलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ । प्रहरीका अनुसार सिकार खेल्न गएका सबैको पहिचान भइसकेको । यसैबीच प्रहरीले विहीवार च्याउ खोला क्षेत्रवाट रगत लागेको एउटा भरुवा बन्दुक बरामद भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *