
चितवन, मंसिर १० । पूर्व युवराज पारस शाहलाई पुनः छातिमा समस्या उत्पन्न भएको छ । उनको स्वास्थ्यमा समस्या देखिए पछि उनी बसेको होटलमै चिकित्सक उपचारका लागि पुगेका छन् ।
अपरान्ह पख स्वास्यमा समस्या उत्पन्न भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञसहितको चिकित्सकको टोली पुगेर चेकजाँच थालेका छन् ।
सोमबार दिउँसो आफैले गाडी चलाएर उनी भैरहवाबाट चितवन पुगेका थिए । उनी नारायणगढस्थित होटल सेन्ट्रल पालममा बसेका छन् । शाहालाई मुटुसम्बन्धी पुरानो समस्या छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
