तुलसीपुर, मंसिर १० । अटो दुर्घटनामा घाइते भएका चार जनाको बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले उद्धार गरेर अस्पताल ल्याएका छन् । बुधवार घोराही जाँदै गरेका अध्यक्ष पौडेलले बाटोमा अटो दूर्घटनामा परेका सर्वसाधारणलाई उद्धार गरि आफ्नै गाडिमा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएका हुन ।
कुमलगडीमा अनियन्त्रित भइ भे १ ह ३५४७ नम्बरको अटो दुर्घटना हुँदा बाँकेको कोहलपुर नगरपालिका २ फरेला निवासी चार जना घाइते भएका थिए । जसमा बाँकेको कोहलपुर २ फरेला निबासी ३८ बर्षीय झकी कनौ मगर, १० बर्षका उमेश वली, ७ बर्षका सञ्जय कनौ मगर र गणेश थापा रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरुको तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये झकी कनौ मगरको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार