२०८३ जेष्ठ २९ गते शुक्रवार

कुर्सीवाट लडेर घाइते भएका काँग्रेस नेता रेशमबहादुर भण्डारीको निधन

तुलसीपुर,मंसिर ७ । नेपाली काँग्रेसका नेता रेशमबहादुर भण्डारीको निधन भएको छ । ७२ बर्षीय भण्डारी शनिवार दिउँसो ३ बजेतिर तुलसीपुर बजारस्थित आफ्नै घरमा कुर्सीवाट लडेर घाइते भएका थिए । लडेर घाइते भएपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उपचार संभव नभएपछि थप उपचाका लागि भैरहवा थप उपचारका लागि लगिएकोमा उपचारका क्रममा शनिवार राति ११ बजेतिर निधन भएको नेपाली काँग्रेस क्षेत्र नं. ३ (२) का सभापति खिमबहादुर वलीले जानकारी दिए । स्वर्गिय नेता भण्डारीको आइतवार विहान ९ बजेपछि तुलसीपुरको सितलपुरस्थित बबई नदी घाटमा अन्तेष्टि गर्ने तयारी गरिएको छ ।

स्वर्गिय नेता भण्डारी उरहरी गाविसमा लगातार १५ बर्षसम्म प्रधानपञ्च भएका व्यक्ति हुन । साविक उरहरी गाविस वडा नं. ९ सुकौरा निवासी भण्डारी त्यसपछिका थप ५ बर्ष गाविस अध्यक्ष भएका थिए । स्वर्गिय नेता भण्डारी त्यसपछिका थप दूई बर्ष लगातार नेपाली काँग्रेसको क्षेत्रीय सभापति भएर पार्टीको नेतृत्व संहालेका थिए ।

यस क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भण्डारी अमरमावि उरहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि बनेका थिए । पछिल्लो समय तुलसीपुर ५ मा बस्दै आएका स्वर्गिय नेता भण्डारी नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य बुद्धिराम भण्डारीका सहोदर दाजु हुन ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *