२०८१ बैशाख १५ गते शनिवार

तुलसीपुर ७ मा नगर स्वास्थ्य भबनको शिलान्यास

तुलसीपुर,कात्तिक २६ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं ७ प्रर्सेनी स्थित बुडागाँउमा नगर स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

बुधवार एक कार्यक्रमको बिच वडा नं ७ का वडा अध्यक्ष टोपबहादुर केसीले भवनको शिलान्यास गरेका हुन ।

केन्द्र सरकारको ६३ लाख लागतमा बन्न लागेको स्वास्थ्य भबन ६ कोठे बन्दै छ । त्यस्तै भवन सञ्चालनमा आएपछि चौबिसैघण्टा प्रसुति सेवाका साथै ल्याव पनि सञ्चालन गरिने नगर स्वास्थ्य चौकी प्रर्सेनीका अहेव हरिमुरारी डीसीले बताए ।

यसैबिच स्वास्थ्य भवन निर्माणका लागि तुलसीपुर ७ का समाजसेवी नारायण रेग्मी र भीमबहादुर भुसालले १५÷१५ धुर जग्गा दान गरेका छन ।

भबन शिलान्यास कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य चित्रा मल्ल,वडा नं ७ का सदस्य रामबहादुर जिसी,तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसी, नगर स्वास्थ्य इन्चार्ज सम्पूर्ण चौधरी, सिनियर अनमि मधु राणा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण अहेव हरिमुरारी डीसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *