दाङ, कात्तिक २३ । रोल्पाका ५६ बर्षीय एक पुरुषको कोरोना भाइरसका कारण बाँकेमा मृत्यु भएको छ । रोल्पाको लिबाङ नगरपालिका वडा नं. ४ का ती पुरुषको शनिवार राति सवा १२ बजेरित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई कात्तिक १४ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि गएराति उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनी बिगत एक वर्षदेखि जन्डिसको विरामी थिए । मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ । यो संगै बाहिरी जिल्लावाट बाँकेमा उपचारका लगिएका २९ जनाको मृत्यु भएको छ ।
हालसम्म बाँकेका ३५ र २९ बाहिरी जिल्लावाट उपचारका लागि लगिएका थप २९ जना गरि कुल ६४ जनाको कोरोनाका कारण मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
