२०८३ असार ६ गते शनिवार

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दूर्घटना ः दाङका एकसहित तीन जनाको मृत्यु

उकालोमा जीप व्याक हुँदा दूर्घटना भयो – प्रहरी

दाङ,कात्तिक २३ । दूर्घटनामा परि जीप चालक रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ७ बथानका ३५ वर्षीय भिमबहादुर ओली, गँगादेव – ५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा  र दाङको बबई गाउँपालिकका वडा नं. २ पंचकुले निवासी १७ वर्षीय भिमराज बुढाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।

जीपमा जम्मा ७ जना सवार थिए ।  अन्य ४ जनाको अवस्था भने सामान्ने रहेको छ ।  उकालोमा चढ्न नसकेर जीप ब्याक भएर दूर्घटनामा परेको थियो । हाम फाल्न नसकेका र  जीपमै रहेका थप तीन जनाको भने घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए । 

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले उकालोमा जीप व्याक भएपछि चार जना यात्रु हाम फालेर ज्यान जोगाउन सफल भएको जानकारी दिए । 

सल्यान  र रोल्पाको सिमाना सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ तिबाङधुरीमा शनिवार  बेलुका साढे ५ बजेरित  जीप ब्याक भएपछि दूर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए । 

जीप सडकदेखि अन्दाजी डेढ सय मिटर तल पुगेको उनले बताए ।  शनिवार दिउँसो तुलसीपुरवाट छुटेको लु १ ज २९११ नम्बरको डबलक्याप जीप सल्यानको कपुरकोट हुँदै  रोल्पाको झ्यामबाट राँक जाँदै थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *