तुलसीपुर, कात्तिक १७ । दाङका पत्रकार दशरथ घिमिरेलाई कोरोना संक्रमन भएको छ । लमही नगरपालिका वडा नं. ६ निवासी पत्रकार घिमिरेलाई सोमवार संक्रमन पुष्टि भएको हो ।भैरहवामा गरिएको पिसिआर परिक्षणका क्रममा उनलाई संक्रमन फेला परेको हो ।
गत शुक्रवार पिसिआर परिक्षणका लागि उनको स्वाब संकलन भएको थियो ।त्यसको रिपोर्ट सोमवार आउँदा पोजेटिभ आएको हो । परिवारसहित पिसिआर परिक्षण गरेको भएपनि पत्रकार घिमिरेलाई मात्रै संक्रमण पुष्टि भएको हो ।
घिमिरेले आफुलाई सामान्ने खोकी लागेको भएपनि स्वास्थ्य अवस्था सामान्ने रहेको फरककोणलाई बताए ।‘सामान्ने खोकी लागेको हुँदा आशंका लागेर चेकजाँच गराउँदा संक्रमन देखियो,’ घिमिरेले भने ‘म ठिक छु र अहिले सम्म घरमै आइसोलेनमा बसेको छु ।’
रिपोटिङको सिलसिलामा फिल्डमा खटिने क्रममा आफुलाई संक्रमन भएपनि आफु कत्तिपनि विचलित नभएको र कोरोना जितेर छिट्टै काममा फर्किने उनले विश्वास व्यक्त गरे ।
यसअघि तुलसीपुरमा क्रियासिल एकजना महिला पत्रकारलाई समेत कोरोना संक्रमन पुष्टि भएको थियो । उनी हाल निको भएर काममा फर्कि सकेकी छन् ।
