दाङ, कात्तिक १६ । बाँकेमा कोरोना संक्रमित थप एक जना पुरुषको मृत्यु भएको छ । कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं. १ निवासी ६० बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आइतवार विहान १ बजे उनको मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी । कात्तिक १४ गते अस्पताल भर्ना भएका थिए । कात्तिक १५ गते उनलाई कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको हो ।
यो संगै उपचारका लागि बाहिरी जिल्लाहरुवाट बाँके लगिएका २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै बाँके जिल्लाका थप ३० जनाको मृत्यु भएको छ । हालसम्म बाँकेमा कोरोनाका कारण ५० जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
