२०८१ जेष्ठ ५ गते शनिवार

प्रदेश सांसद डिल्लीबहादुर चौधरी अस्पतालवाट डिस्चार्ज

फाइल तस्विर

दाङ, कात्तिक १२ । लुम्बिनी प्रदेसका सार्बजनिक लेखा सभापति डिल्लीबहादुर चौधरी बुधवार अस्पतालवाट डिस्चार्ज भएका छन् । दाङ निवासी नेपाली काँग्रेस नेता चौधरी डिस्चार्ज भएर बाँकेस्थित आफ्नै घरको आइसोलेनसमा बसेका छन् । ‘ म मृत्यू जितेर फर्के,’ सांसद चौधरीले भने ‘चिकित्सकको सुझाव अनुसार म अझै ४÷५ दिन जति होम आइसोलेनसमा बस्ने छु।’

अस्पतालबाट डिस्चार्ज भएपछि आफु बाँकेस्थित आफ्नै घरमा बसेको चौधरीले प्रतिक्रिया दिए । झन्डै दूई हप्ता अगाडि एकाएक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि सांसद चौधरी नेपालगञ्जस्थित भेरी अस्पतलामा भर्ना भएका थिए ।

पिसिआर चेक जाँचका क्रममा उनलाई सोही अस्पतालमै कोरोना भाइरसको संक्रमन पुष्टि भएको थियो । तर त्यसपूर्व दाङमै गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कोरोनाको संक्रमन देखिएको थिएन । सांसद चौधरीलाई कोरोना संक्रमन भएपछि एकाएक ब्लड प्रेसर उच्च भएको थियो । उनी सुगरका विरामी पनि हुन ।

यसैबीच प्रदेस सांसद चौधरीले कसैलेपनि कोरोनालाई ख्याल ठट्टा नगर्न आग्रह गरेका छन् । ‘ म मृत्यु जितेर फर्किएको छु,’ चौधरीले भने ‘ कोरोनालाई कसैले पनि ख्याल ठट्टा नसंझनु होला । लापरबाही नगर्नु होला । आवश्यक सावधानी अपनाउनु होला । यसले जतिबेला र जस्लाई पनि जोखिममा पार्न सक्छ।’उनले आफुले कोरोनाका कारण निकै पीडा झेल्नु परेको बताए ।

सांसद चौधरीले सचेत रहन र अनिवार्य रुपमा स्वास्थ्य सामाग्री प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । यसैबीच सांसद चौधरीले दिनरात खटिएर उपचारमा सघचाउने भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, फोनबाट मनोबल प्रदान गर्ने सबै शुभचिन्तक र आफन्तमा धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *