२०८० चैत्र १६ गते शुक्रवार

रोल्पामा लडेर एकजनाको मृत्यु 

दाङ, कात्तिक १२ । रोल्पामा लडेर गएराति एकजनाको मृत्यु भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. २ उमा घर भइ स्थानीय धवलडाँडामा किराना पसल गर्ने ६३ बर्षीय दलबहादुर पुनको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुन गएराति सवा ९ बजेतिर आफ्नै पशलको ढोका बाहिर अचेत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काका अनुसार अचेत अवस्थामा फेला परेका पुनलाई प्रहरी घटनास्थल पुगेर पुनको उद्धार गरि उपचारका लागि दाङ तर्फ पठाएको थियो । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिषठान घोराही तर्फ  ल्याउँदै गर्दा बाटोमै साढे १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता खड्काले बताए ।

पुन दमका विरामी थिए । छोरा शेरबहादुर पुन मगरले भने आफ्ना बुवाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । प्रहरीले भने दमका विरामी पुन लडेर अचेत भएको र त्यही कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुमान गरेको छ । 

मृतकको शव पोष्ट मार्टमको लागि होलेरी अस्पतालमा राखिएको  प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *