दाङ,कात्तिक ११ । प्युठानमा बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको नौवहिनी गाउँपालिका वडा नं. ५ डामकोट निवासी ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको सोमबार विहान गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
भतिजा ३४ वर्षीय हेमलाल सुनारले बारीमा आएका बाँदर धपाउने उदेश्यले बन्दुक पड्काएको र त्यसले नाता काका पर्ने दलबहादुरलाई लागेपछि उनको मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए ।
प्रहरीले बन्दुक पड्काउने हेमलाललाई पक्राउ गरि सकेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
