२०८१ चैत्र ३ गते आइतवार

आजदेखि पाँच दिन सम्म कोरोना अपडेट नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, कात्तिक ७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड – १९)को बारेमा जानकारी दिदै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि नहुने भएको छ  ।

दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । कोरोनाको जानकारी सामाजिक सञ्जालबाट जानकारी गराइने भएको छ ।

२ सय ५६ दिनदेखि लगातार कोरोनाको बारेमा स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *