बुटवल, कात्तिक ५ । बुटवलमा थप दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर निवासी ४७ बर्षीय पुरुष र बुटवल–१७ मोतीपुरका ८१ बर्षीय पुरुषको मृत्यु भएको छ ।
देवीनगरका पुरुषको बुधवार विहान १ः१० बजे मृत्यु भएको थियो भने बुधबार बिहान ५ बजे मृत्यु भएको थियो ।
देवीनगरका पुरुषलाई असोज २४ गते र मोतीपुरका पुरुषलाई असोज २७ गते संक्रमन पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरु दुबै जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार