२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरमा संक्रमितको संख्या ४ सय नजिक, अधिकाँस संक्रमित पुरुष

तुलसीपुर, कात्तिक ४ । तुलसीपुरमा कोरोना भाइरसवाट संक्रमित संख्या ३९७ पुगेको छ । यो संख्या कात्तिक ४ गते दिउँसो सम्मको हो । संक्रमित मध्य अधिकाँस पुरुष रहेका छन् । हालसम्म ३१० पुरुष र ८७ जना महिलामा संक्रमन पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार सक्रिय संक्रमितको संख्या १६१ पुगेको छ । जसमा १३३ जना पुरुष र २८ जना महिला छन् । हालसम्म तुलसीपुरमा २२६ जना निको भएर घर फर्किएका छन् । जसमा १७७ पुरुष र ५९ जना महिला रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

समुदायमा संक्रमितको संख्या २३१ पुग्यो
तुलसीपुरमा हालसम्म समुदाय स्तरमा २३१ जनालाई कोरोना संक्रमन पुष्टि भएको छ । त्यस्तै छिमेकी देश भारतवाट घर आएका ७७ जना र तेस्रो मुलुकबाट आएका १२ जनालाई संक्रमन पुष्टि भएको छ । मंगलवार सम्म तुलसीपुरका १८ जना स्वास्थयकर्मी संक्रमित भएका छन् । सुरक्षाकर्मी तर्फ नेपालीसेनाका ३० जना, नेपाल प्रहरी २ जनामा संक्रमन पुष्टि भएको छ ।त्यस्तै जन प्रतिनिधिहरु ४ जना, कर्मचारी १८ जना, शिक्षक ४ जना, पत्रकार १ जनालाई संक्रमन पुष्टि भएको छ ।

सबैभन्दा बढी संक्रमित १९–४९ बर्ष उमेर समुहका
त्यस्तै उमेर समूहलाई नियाल्दा सबैभन्दा बढी १९देखि ४९ बर्ष उमेर समुहका ३३३ जनालाई संक्रमन पुष्टि भएको छ । १० बर्ष मुनिका १२ जना, १० देखि १८ बर्ष उमेर समुहका २२ जना, ५०देखि ५० बर्ष उमेरका २२ जना, ६० बर्ष माथिका ८ जनालाई हालसम्म संक्रमन पुष्टि भएको छ ।

कुन वडामा कति संक्रमित ?
कात्तिक ४ गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी संक्रमित तुलसीपुर बजार क्षेत्रमा फेला परेका छन् । बजार क्षेत्रमा पर्ने वडा नं. ५ मा ९४ जनामा संक्रमन पुष्टि भइसकेको छ । त्यस्तै वडा नं. ६ मा ७०, वडा नं. ७ मा ३६, वडा नं. ८ मा २४, वडा नं. १२ र १८ मा समान १९ ÷१९ जना संक्रमित फेला परेका छन् । तुलसीपुरका १९ वटा वडा मध्य वडा नं. १६ मा १८ जना, वडा नं. १३ मा १६ जना, वडा नं. ४ र ९ समान १४÷१४ जना, वडा नं. ३ र १५ मा पनि समान १२ ÷१२ जना, वडा नं. २ मा ११ जना, वडा नं. १ र १४ मा समान ७÷७ जना, वडा नं. १७ मा ६ जना र वडा नं. १०,११ र १९ मा समान ५÷५ जना कोरोना संक्रमित फेला परेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

त्यस्तै हालसम्म तुलसीपुरमा २०९६ जना क्वारेन्टिनमा बसेका छन् । तुलसीपुरमा हालसम्म १६१ जना सक्रिय संक्रमित मध्य होमआइसोलेसनमा १४७ जना, बेलझुण्डी आइसोलेसनमा ७ जना रहेका छन् । बेलझुण्डीमा बसेका मध्य ३ जना आईसियूमा र १ जना एचडियूमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै होटल आईसोलेसनमा ६ जना बसेका छन् । बाँकेको भेरी अस्पतालको आइसोलेसनमा १ जना, काठमाडौं आइसोलेसनमा १ जनाको उपचार भइरहेको छ । त्यस्तै हालसम्म पालिका स्तरवाट पिसिआर परिक्षण ३२०२ जना, कन्ट्याक्ट ट्रेसिङ बाट स्वाव संकलन ११०८ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *