तुलसीपुर, असोज ३० । भमकेमा तास खेलिरहेका पाँच जनालाई प्रहरीले बिहीवार बेलुका पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथवाट २४ हजार ३ सय ६५ रुपैंया नगद र तासहरु बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी ४१ बर्षीय गिरीराज गरम्जा, सोही ठाउँका २८ बर्षका नबिन खड्का, ४७ बर्षका हिरालाल खनाल, २९ बर्षका प्रेमबहादुर राई र ५३ बर्षका जयबहादुर घर्ती रहेको डिएसपी सिंहले बताए ।
प्रहरीले उनीहरुलाई विहीवार बेलुका साढे ६ बजेरित गिरीराज गरम्जाको घरमा जितहार हुने गरि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाइने डिएसपी सिंहले फरककोणलाई जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार