२०८१ चैत्र ३ गते आइतवार

रुपन्देही २ र अर्घाखाँचीका १ गरि एकैदिन ३ जना संक्रमितको मृत्यु

बुटवल, असोज २९ । एकैदिन रुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवलको कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा एक ÷ एक जना र थप एकजनाको दाङ तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ।

रुपन्देहीका कोरोना अस्पतालका आइसियू बेड भरिएपछि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल तर्फ ल्याउने क्रममा ७३ बर्षीय संक्रमित पुरुषको बाटैमा मृत्यु भएको छ। अर्घाखांची भुमिकास्थान ९ का उनलाई आईसीयू बेडका लागि दाङ ल्याउने क्रममा बाटोमा मृत्यु भएको जानकारी दिइएको छ ।

उनलाइर्ए असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै भीम अस्पताल भैरहवामा कञ्चन गाउँपालिकाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बिहीबार दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनलाई पनि असोज २७ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ७ निवासी ७० वर्षीया महिलाको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई असोज २१ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *