२०८१ मङ्सिर २७ गते बिहिवार

दाङमा संक्रमितको संख्या १६४७ पुग्यो , विहीवार थपिए ४५

तुलसीपुर, असोज २९ । विहीवार दाङमा थप ४५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सहित जिल्ला भर संक्रमितको संख्या १ हजार ६ सय ४७ पुगेको छ । त्यसमध्य ४ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।

उनीहरु मध्य ४ सय २८ जना होम आइसोलेनसमा बसेका छन् भने अन्य सबै कोरोना विशेष अस्पताल बेलुझुण्डी, लमहीस्थित आइसोलेनस लगाएतमा बसेर उपचार गराउँदै आएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले फरक कोणलाई बताए । 

हालसम्म दाङका ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

विहीवार सबैभन्दा बढी तुलसीपुरमा २२ जना, घोराहीमा १६ जना, लमहीमा ४ जना र दंगिशरण, बंगलाचुली र गढवामा १÷१ जना संक्रमित फेला परेको जिल्ला फोकल पर्सन चन्दले जानकारी दिए । 

पछिल्लो समय दाङमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । तर, पनि जनस्तरवाटै आवश्यक सावधानी र सतर्कता भने अपनाएको देखिदैन । जस्ले गर्दा भविस्यमा संक्रमनको दर झनै बढेर जाने चिन्ताहरु गर्न थालिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *