तुलसीपुर, असोज २९ । तुलसीपुरमा विहीवार थप २२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी तथा शिक्षकसहित २२ जना नयाँ संक्रमित फेला परेको तुलसीपुरका फोलक पर्सन विमल केसीले बताए । थपिएका नयाँ संक्रमित मध्य ४ महिला र १८ पुरुष रहेका छन् ।
कोरोना फोकल पर्सन केसीका अनुसार तुलसीपुर १ मा १८ र २० बर्षका दूई महिला र ४४ बर्षका पुरुष, वडा नं. ४ मा २२ बर्षीया महिला, वडा नं. ५ मा २७ बर्षीया महिला र २८,५० र ६३ बर्षका पुरुष, वडा नं. ६ मा २३, २४, २६, ३२, ३७,३७ र ५८ बर्षीया महिला र ५९ बर्षका एक जना पुरुषमा संक्रमन पुष्टि भएको छ ।
त्यस्तै तुलसीपुर वडा नं. ८ मा ३२ र ७७ बर्षका दूई जना पुरुष, वडा नं. ९ मा ७ र १९ बर्षका पुरुष, वडा नं. १६ मा ४५ बर्षका पुरुष र वडा नं. १९ मा ५८ बर्षका एक पुरुषमा संक्रमन पुष्टि भएको छ ।
यो संगै तुलसीपुरमा कुल संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । जसमध्य सक्रिय संक्रमितको संख्या १ सय ४२ पुगेको छ भने २२६ जना निको भएर घर फर्किएका छन् । हाल तुलसीपुरको बेलझुण्डी कोरोना विशेष अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।