२०८१ मङ्सिर २७ गते बिहिवार

लमहीका महिलालाई ईमोमार्फत चिठ्ठा प¥यो भन्दै रकम ठगी गर्ने गिरोह पक्राउ


तुलसीपुर, असोज २९ । सामाजिक सञ्जाल ईमो मार्फत सर्वसाधारण नागरिकलाई चिठ्ठा प¥यो भन्दै झुक्काए ठगी गर्ने एउटा गिरोह पक्राउ परेको छ । दाङको लमही नगरपालिका वडा नं. ५ निवासी दूई जना महिलाले असोज २२ गते आफुहरुलाई चिठ्ठा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सम्पर्क गरि ६३ हजार रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि ठगहरु पत्ता लागेका हनु ।

त्यही निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले रौतहट प्रहरीको समन्वयमा रौतहटका २ र पर्साका १ जना गरि तीन जनालाई पक्राउ गरेर दाङ ल्याएको छ । पक्राउ पर्नेमा रौतटह जिल्लाको दूर्गाभगवती गाउँपालिका वडा नं. ६ मत्सरी निवासी १८ बर्षीय सुमन झाँ, सोही जिल्लाको देवानी गोनाही वडा नं. ६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा निवासी १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताएका छन् ।

लमही बजार निवासी दूई जना महिलाहरुले दिएको जाहेरीका आधारमा खोज तलास गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् ।

‘उनीहरुले सामाजिक सञ्जाल ईमो मार्फत फोन सम्पर्क गरि तपाँईलाई ठूलो धनरासी चिठ्ठा परेको छ र त्यो पैंशा प्राप्त गर्नका लागि ६३ हजार रकम कर तिर्नु पर्छ भन्दै उक्त पैंशा आईएमी गर्न लगाएको देखिन्छ,’ डिएसपी खड्काले भने ‘ कतिपयले विभिन्न व्यक्तिका बैंक खातामा समेत रकम हाल्न लगाएर ठगी गरेको खुल्न आएको छ ।’

ठगहरुले भनेजति रकम पठाई सकेपछि पनि पुनः बारम्बार इमो मार्फत फोन सम्पर्क गरि थप रकम पठाउन प¥यो भन्दै ताकेता गर्न थालेपछि ती महिलाहरुले आफुहरु ठगिएको ठहर गर्दै प्रहरीमा जाहेरी दिन आएको प्रहरी समक्ष बताएका थिए ।

ती महिलाहरुकै जाहेरीका आधारमा सर्वसाधारण नागरिकलाई भ्रममा पारेर ठगी गर्ने गिरोहको खोजी गर्दै जाने क्रममा दाङबाट खटिएको प्रहरीले रौतटहको प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

गलत कुराको पछि नलाग्न आग्रह
जिल्ला प्रहरी कार्यालय दाङले अपरिचित व्यक्तिले कुनैपनि सामाजिक सञ्जाल फेसबुक, भाइबर,इमो, ह्वाटयाप, म्यासेन्जर, ट्विइटर, इनिष्टाग्राम जस्ता सामाजिक सञ्जालमा पठाइएका सूचना र गलत कुरा खोल्दै नखोल्न सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा ठूला चिठ्ठा प¥यो भन्ने जस्ता गलत सूचना र कुराहरुको पछि नलाग्न तथा विश्वास नगर्न प्रहरीले सचेत तुल्याएको छ ।

त्यसका साथै प्रहरीले यदी कसैले पनि सामाजिक सञ्जाल मार्फत त्यस्ता गलत म्यासेज पठाएर ठग्न वा झुक्याउन खोजेको खण्डमा तुरुन्त प्रहरीलाई जानकारी दिन वा जाहेरी दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *