काठमाडौं, असोज २९। आज पहाडी क्षेत्रको केहि ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको महाशाखाले जनाएको छ । आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम सामान्य बदली भई केहि ठाउँमा पानी पर्ने संभावना रहेको छ ।
अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । रति प्रदेश १ का केहि ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार