२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरमा सामुहिक बलात्कारका आरोपित दूई किशोर पक्राउ परे

तुलसीपुर, असोज २८ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ रानीजरुवा निवासी १७ बर्षीया एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोग खेपेका दूई जना किशोरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर ५ का १८ बर्षीय विष्णु बुढाथोकी र तुलसीपुर ७ निवासी १८ बर्षका करण सार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फरककोणलाई जानकारी दिए ।

गएराति तुलसीपुर क्षेत्रवाटै पक्राउ परेका उनीहरुमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

पीडित किशोरीका अनुसार असोज २२ गते राति ती दूईले रानी जरुवा क्षेत्रकै एउटा रित्तो घरमा लगेर उनीमाथि सामुहिक बलात्कार गरेका थिए । अभियोग लाग्ना साथ उनीहरु फरार भएका थिए ।

पीडितको जाहेरीका आधारमा प्रहरीले ती दुबै किशोरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *