तुलसीपुर, असोज २६ । तुलसीपुरमा सोमवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो । संक्रमित हुनेमा १८ महिने बालिकासहित अन्य ६ महिना र १० पुरुष रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नं. ६ मा सबैभन्दा बढी ११ जनालाई कोरोना पुष्टि भएको छ । जसमा २५, २८, २८, २९,३२,३७ र ४९ बर्षका गरि ८ जना पुरुष छन् भने १८ महिनाकी बालिकासहित २७ र ४७ बर्षीया महिला रहेका छन् ।
त्यस्तै वडा नं. ५ मा फेला परेका ३ जना संक्रमित मध्य २८ र ४१ बर्षीया महिला र ४३ बर्षका पुरुष छन् । त्यस्तै वडा नं. ७ मा १ जना ३८ बर्षीय पुरुषमा पनि सोमवार संक्रमन पुष्टि भएको छ । सोमवार फेला परेका मध्य केही संक्रमित सरकारी कार्यालयका कर्मचारी समेत रहेको फोकल पर्सन केसीले बताए ।
यो संगै तुलसीपुरमा सोमवारसम्म कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ । त्यसमध्य सक्रिय संक्रमितको संख्या १०६ पुगेको छ । सोमवार सम्म २१८ जना निको भएर घर फर्किएका छन् ।