२०८३ जेष्ठ २३ गते शनिवार

कोईलाबास नाका सञ्चालनका लागि पहल गर्न मञ्चको माग

मास्क वितरण अभियानलाई बढाउने निर्णय

दाङ, असोज २५ ।   वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले जिल्लाको सबैभन्दा ठूलो र पुरानो नाका तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गर्न सरकार संग माग गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्र कोइलावासमा शनिवार बसेको बैठकले नेपालमा र भारत जोड्ने सवैभन्दा ठूलो नाका कोइलावाससम्म बाटो कालोपत्रे भइसकेको हुँदा उक्त नाका सञ्चालनका लागि पहल गर्न सरकारसंग मागपनि गरेको े मञ्चका जिल्ला अध्यक्ष सरोज शाहले जानकारी दिए ।

यो नाका सञ्चालन नहुँदा स्थानीयले हिडेर भारतका विभिन्न सीमावर्ती बजारमा गएर सामग्री किन्नुपर्ने बाध्यता रहेको छ । सीमाबर्ती क्षेत्रका नागरिकको अप्ठेरोलाई मध्यनजर गर्दै सीमा नाका खुलाउन मञ्चले माग गर्ने निर्णय गरिएको शाहले बताए ।

मच्त्रको बैठकले बिस्तृत गुरुयोजना निमार्ण गरी संरचना निर्माणको कामलाई तत्काल अगाडि बढाउन र दाङवाट प्रशासनिक कार्य सञ्चालन गर्न मागपनि गरेको अध्यक्ष शाहले बताए ।

साथै मञ्चको बैठकले मास्क अभियानको समिक्षा गर्दै अभियानलाई व्यापक बनाउने निर्णयपनि गरेको हो ।

पछिल्लो लकडाउन हटेसँगै जिल्लामा लापरवाहीका कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुन थालेपछि उस्ले अभियानलाई थप व्यापक बनाउने निर्णय गरेको अध्यक्ष शाहले बताए ।

स्थानीय तहलगायतका विभिन्न क्षेत्रसँग समन्वय गरेर जिल्लाका दशवटै पालिकास्तरमा मास्क वितरण अभियान बढाउने निर्णय भएको शाहले जानकारी दिए ।

बैठकले सरकारले पिसिआर परीक्षण रोक्नु गलत भएको भन्दै परीक्षणको दायरा बढाउन मागपनि गरेको छ ।

बैठकमा पहिलो चरणको मास्क वितरणको सहिक्षा समेत भएको मञ्चका सचिब अमर भण्डारीले बताए ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *