काठमाडौं, असोज २२ । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आवेदन फारम खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म फारम भर्न सकिनेछ ।
डीभीको आवेदन खुलेपछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार