२०८१ चैत्र १२ गते मङ्गलवार

१४ बर्षीया केटी र १७ बर्षीय केटाका बीचको विहे प्रहरीले रोक्यो


दाङ, असोज २० । रोल्पा प्रहरीले विवाह मण्डपबाट बालविवाह रोकेको छ । आइतबार त्रिवेणी गाउँपालिका वडा नं. ७ डुम्लाखोलाका १४ वर्षीया बुढा थरकी किशोरी र सोही वडाको माथिल्लो तिमका १७ वर्षीय वली थरका किशोरका बीचमा हुन लागेको विवाह मण्डपबाटै रोकिएको हो ।

विवाह हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले मण्डपबाटै विवाह रोकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार बालविवाह हुँदैछ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी विवाह मण्डपमै पुगेको उनीहरुका अभिभावक समेतलाई पक्राउ गरेको थियो ।

हिन्दू परम्परा अनुसार बैवाहिक कार्यक्रम पुरा नहुँदै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले दुलाहा दुलहीका अभिभावकलाई नियन्त्रणमा लिएर बालविवाह रोकेर २० बर्ष नपुग्दा सम्म छोरा छोरीको विवाह नगर्ने कागज गराएर संझाई बुझाई छोडेको छ ।

सुवेदीका अनुसार बालविवाहलाई कानूनले दण्डनीय अपराध मानेको छ । बालविवाहले एकातिर बालबालिकाको अधिकारको हन्न् भइरहेको हुन्छ भने अर्काेतिर बालवालिकाको भाविष्य अन्यौलमा पु¥याउछ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले पढ्ने, लेख्ने केही सिक्ने तथा आत्मनिर्भर बन्ने समयमा विवाह वन्धनमा वाँधिदा बालवालिकाको मानसिक तथा शारिरीक विकासमा विभिन्न समस्याहरु उत्पन्न हुने बताए ।

‘परिपक्व नभइ भएका अधिकांस विवाहित जोडी वा तीनका परिवारमा पारिवारीक बैमनष्यता उत्पन्न हुने गर्छ,’ खड्काले भने ‘पारिवार विखण्डन हुने, पारिवारीक वेमेल हुने वातावरण सृजना हुने खतरा उत्पन्न हुन्छ ।’ त्यसका साथै परिवारमा भैmंझगडा हुने, घरेलु हिंसा बढ्ने जस्ता क्रियाकलापले गर्दा समाजमा विभिन्न समस्याहरु देखिन सक्ने खतरा उनले औंल्याए ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *