२०८१ चैत्र ६ गते बुधवार

आज देशका केहि ठाउँमा पानीपर्ने, मनसुन बाहिरिनअझै केही दिन लाग्ने

काठमाडौं, असोज १७। नेपालमा मनसुन सकिन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले पर्सिसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएकाले मनसुन सकिन अझै केही दिन लाग्ने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएको बिहिबार नेपालको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ । तर बंगालको खाडीमा रहेको न्यून चापिय क्षेत्र अझै सक्रिय हुने देखिएकाले बाँकी क्षेत्रबाट भने मनसुन बाहिरिन समय लाग्ने भएको छ ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भएपनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको महाशाखा जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै तथा बाँकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *