काठमाडौं असोज १६ । पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार