२०८१ चैत्र ९ गते शनिवार

मोतिपुरकी १०८ वर्षीया गुलिया चौधरीलाइ नगरको सम्मान


तुलसीपुर, असोज १५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुर निवासी १ सय ८ बर्षीया गुलिया चौधरीलाई सम्मान गरिएको छ ।ज्येष्ठ नागरिक दिवसको अवसर पारेर तुलसीपुर नगरले उनलाई सम्मान गरेको हो ।

तुलसीपुरबाट नगरप्रमुख घनश्याम पाण्डे लगाएतका जनप्रतिनिधिले उनलाई सम्मान गरेका हुन । चौधरीलाई सम्मान गर्दै मेयर पाण्डले भने ‘तपाईलाई यो हाम्रो छुट्टै सम्मान हो, अरु सम्मान पनि हामीले गरि रहनेछांै।’ उनले तुलसीपुरले ८४ वर्ष नाँघेका ज्येष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिएको वताए । कार्यक्रममा वोल्दै गुलियाले आफुलाई सम्झेर घरसम्म आएकोमा खुसी व्यक्त गरिन् ।

उनले घरमै विशिष्ट व्यक्तिले सम्मान गर्दा थप उर्जा प्राप्त भएको वताइन । कार्यक्रममा उपप्रमुख माया शर्मा आचार्य, वडा नं. ११ का वडाध्यक्ष चित्रवहादुर वली र वडा नं. ११ का अध्यक्ष कुमार लामिछानेको पनि सहभागिता थियो ।

ज्येष्ठ नागरिक दिवसमा तुलसीपुर ४ रक्षाचौर निवासी १ सय वर्षकी दोमन्ता खनाललाई पनि सम्मान गरिएको छ । उपप्रमुख माया शर्मा आचार्यले उनलाई सम्मान गरेकी हुन । नगर भित्रका सबै ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम ल्याइएको महिला विकास तथा बालबालिका शाखा प्रमुख विष्णु आचार्यले बताइन ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *