२०८१ चैत्र ६ गते बुधवार

बरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणबाट मृत्यु

असोज १५ ।कर्णाली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेको खजुरागाउँपालिका निवासी ५९ वर्षीय सापकोटा स्वास्थ्य सेवाका ११ औं तहका चिकित्सक हुन्

बाँकेको भेरि अस्पताल, नेपालगंजमा उपचार भइरहेको अवस्थामा उनको बिहीबार मृत्यु भएको हो सुर्खेतमा भदौ २९ गते पीसीआर जाँचगर्दा उनमा कोरोना पुष्टि भएको थियो उनको स्वास्थ्य थप समस्या आएपछि भेरी अस्पताल नेपालगंजमा असोज गते भर्ना गरिएकोथियो

उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो सबै किसिमका उपचार विधि अपनाए पनि उनलाई बचाउननसकिएको बिहीबार दिउँसो भेन्टिलेटरमा उपचारकै क्रममा ३ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठलेजानकारी दिए

सापकोटाको दुबैतर्फको फोक्सोमा निमोनिया थियो त्यस्तै, श्वासप्रश्वास, ज्वरो, रुघाखोकीसमेत भएको अस्पताल स्रोतले बताएको योसँगै बाँकेमा मृतकको संख्या १८ पुगेको बाँकेमा बिहीबारमात्रै नेपालगञ्ज उपमहानगरपालिका का ५२ वर्षीय पुरुष सुर्खेतघर भएकी ७५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *