२०८१ चैत्र ६ गते बुधवार

रोल्पामा चार्जमा मोवाइल राखेर भिडियो हेर्नेक्रममा करेन्ट लागेर मृत्यु

दाङ, असोज १५ । रोल्पा जिल्लामा एक युवाको मोवाईल चार्जमा राखेर भिडियो हेर्दै गर्दा त्यसैवाट करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ बर्षीय भरत नेपालीको मोवाईल चार्जमा राखेर भिडियो हर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली विहीवार विहान ११ बजेतिर मोवाई चार्जमा राखेर भिडियो हर्नेक्रममा करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए ।
उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *