दाङ, असोज १४ । बाँकेमा ३५ बर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीकी हुन । उनको बुधवार दिउँसो सवा २ बजे भेरी अस्पताल नेपागञ्जको आइसोलेसन वार्डमा मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी उनलाई असोज ३ गते कोरोनाको संक्रमन पुष्टि भएको थियो ।
उनी मधुमेह, उच्चरक्तचाप र हाइपोथाइराडिज्म रोगकी विरामी थिइन ।
यो संगै बाँकेमा मात्रै कोरोना संक्रमित १६ जनाको मृत्यु भएको छ । बाहिर जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका थप थप ७ जनाको पनि मृत्यु भएको छ । बुधवार सम्म बाँकेमा २३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
