२०८३ असार ६ गते शनिवार

अपहरणमा परेको आशंका गरिएका वडाध्यक्ष म:म पसलमा भेटिए

सल्यान,असोज १४ । चार दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका(१३ का वडाध्यक्ष तुलसीराम रावतलाई प्रहरीले मःम पसलमा भेटाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनलाई तुलसीपुर(७ मा पर्ने दाङ(सल्यान सडक खण्डको दाजुभाइ मःम पसलबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो।

‘हामीले मोबाइलको लोकेसन ट्रेसिङ गर्दा उहाँलाई मस्म पसलमा भेटाएका हौं। उहाँलाई कसैले अपहरण गरेको भन्दा पनि सेल्फ मिसिङजस्तो देखिन्छ,’ डिएसपी सिंहले भने,‘थप अनुसन्धान गर्दैछौं।’

राउत गत शनिबार सल्यानको सितलपाटीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका थिए।

दुई दिनदेखि घर नफर्किएपछि परिवारले उनी अपहरणमा परेको आशंका गरेका थिए।

परिवारले उनको खोजी गरिदिन प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय, ५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले खोजीलाई तीव्रता दिएका थिए।

उनको खोजी गर्न सल्यानबाट प्रहरीको एक टोली दाङ आएको थियो।

घर नगएपछि रावतले छोरालाई फोन गरेर म जिल्लामै बस्छु भनेका थिए। अर्को दिन फेरि फोन गरेर मेरो खातामा २० हजार रुपैयाँ पठाइ देऊ भनेपछि उनी अपहरणमा परेको आशंका गरिएको थियो।

मंगलबार दिनभरि भने उनको मोबाइल स्वीचअफ गरिएको थियो।

प्रहरीले उनलाई आर्थिक कारोबार वा राजनीतिक कारणले विप्लव समूहले अपहरण गरेको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *