२०८१ चैत्र १२ गते मङ्गलवार

शिक्षा,स्वास्थ्य,खाद्य र आवासका कार्यक्रम प्रभावकारी नभएको गुनासो

तुलसीपुर,असोज १४ ।  राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी राज्यका निति तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङको आयोजना एवं मानवअधिकार समुह तुलसीपुरको सहकार्यमा बुधवार तुलसीपरमा भएको स्थानिय सरकार तथा सम्बन्धीत निकायसगं शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले यस्तो गुनासो गरेका हुन ।

मानव अधिकार समुह तुलसीपुरका अध्यक्ष दोलख बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मागेर मानव अधिकारको ग्यारेन्टी गर्न नसकिने बताए ।

साझा सुचिमा भएका अधिकारका कुरा कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कानुनहरु बनी नसकेको भन्दै उनले मौलिक हकअधिकार कार्यान्वयन गर्न राज्य सगंसगै व्यक्ती स्वयम बलियो बन्नुपर्नेमा जोड दिए ।

उनले इन्सेकले सञ्चालन गर्ने शिक्षा स्वास्थ्य, खाद्य अधिकार आवास जस्ता कार्यक्रमहरु सराहनिय रहेको र यस विषयमा सघं र प्रदेशलाई पनि ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए । ।

त्यस्तै मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुसील बस्नेतले पछाडि पारिएको सिमान्तकृत समुदायलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खाद्य र आवास अति आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओपी न्यौपानेले कोभिड–१९ कै कारण सेवा लिने र दिने दुवै व्यक्तीहरु समस्यामा रहेको बताए । शिक्षा महाशाखाका मनबहादुर खड्काले कोभिड –१९ का कारण सबै विद्यालयहरु सम्पर्कमा नआएको र सम्पर्कमा आएका केही विद्यालयहरु सञ्चालनमा आइसकेको बताए ।

उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेवा रावतले नियमित रुपमा बजार अनुमन सगै खाद्य बस्तुको परिक्षण र निरिक्षण पनि भैरहेको जानकारी दिइन ।

महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्यले महिला हिंसा, मानव अधिकार हननका घटनाहरू भएपनि उनीहरुलाइ सहयोग गर्ने संस्थाहरू नभएको अवस्थामा मानव अधिकार समूह गठनले आफूहरू उत्साहित भएको भन्दै आफ्नो शाखाले आवस्यक सहकार्य गर्ने बताइन ।

त्यस्तै कृषि विकास शाखाका धनराज गौतमले कृषि प्राविधीकहरुको व्यवस्था नहुंदा सेवाग्राही मर्कामा परेको, खाद्यन्न तथा तरकारीहरुमा बिषादि र अखाद्य बस्तुहरुको मिसावटले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर गरेको बताए । दिर्घकालिन सोच बनाएर कृर्षिमा आउनेको सङ्या न्युन रहेको भन्दै उनले छिट्ै कृषि कार्यविधि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका बस्ती विकास शाखाका हिमाल शर्मा,अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कंडेल लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक दाङका सहजकर्ता बिनोद केसीले गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *